सर्वोच्च अदालतद्वारा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

27
Share
Featured
  • सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई तत्काल रिहा गर्न आदेश दिएको छ।
  • निर्वाचन विथोल्ने आरोपमा फागुन ५ गते पक्राउ परेका बास्तोलाविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि अदालतले हिरासतमुक्त गर्न निर्देशन दिएको हो।
  • अदालतको आदेशसँगै उनको रिहाइ प्रक्रिया सुरु भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई तत्काल रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई हिरासतमुक्त गर्न आदेश जारी गरेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई गत फागुन ५ गते पक्राउ गरेको थियो। बास्तोलाको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै सावित्रीकुमारी वलीले फागुन १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नाममा रिहाइको आदेश दिएको हो। अदालतको आदेशसँगै बास्तोलाको रिहाइ प्रक्रिया सुरु भएको छ। यसअघि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको थियो।

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालतप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...