२०४६ देखिका भ्रष्टाचार काण्डको छानबिन गर्छौँ, आफ्नै परिवार परे पनि छाड्दिनँ- सभापति थापा

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

16
Share
Featured
  • नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वको सरकारले २०४६ यताका सबै ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा गरेका छन्।
  • उनले आफ्नै परिवार संलग्न भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नगर्ने बताएका छन्।
  • थापाले नेकपा (एमाले),नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विकास एजेन्डामा बहस गर्न चुनौती दिँदै २०८२–२०८७ लाई ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनपछि गठन हुने कांग्रेस नेतृत्वको सरकारले २०४६ सालदेखिका सबै ठूला भ्रष्टाचार काण्डहरूको छानबिन गर्ने घोषणा गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नगर्ने र आफ्नै परिवारका सदस्य संलग्न भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाए।

"अबको पाँच वर्ष कांग्रेस नसुस्ताउने समय हो," थापाले भने, "हाम्रो नेतृत्वको सरकारमा भ्रष्टाचार भएको कुरा जनताले सुन्नु पर्ने छैन। हामी २०४६ देखिका फाइल खोल्न उच्चस्तरीय आयोग बनाउँछौँ र त्यसको सिफारिस कडाइका साथ कार्यान्वयन गर्छौँ।"

सभापति थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एउटै मञ्चमा उभिएर आगामी ५ वर्षको योजना र एजेन्डामा बहस गर्न चुनौती दिए। उनले विपक्षीहरूले केवल गालीगलौज र 'स्टन्ट' मात्र गरिरहेको आरोप लगाउँदै कांग्रेससँग देश विकासको स्पष्ट खाका रहेको दाबी गरे।

कर्णालीका मतदाताहरूलाई सम्बोधन गर्दै उनले अब 'नयाँ प्रयोग' वा 'चटक' गर्नेहरूको पछि नलाग्न आग्रह गरे। "हिजो कर्णालीमा मान्छे मारिँदा नक्कली शरणार्थी बनेर बाहिर मस्ती गर्नेहरूले आज चटक देखाउँदैमा नपत्याउनुस्," उनले भने। थापाले २०८२ देखि २०८७ सम्मको अवधिलाई देशको 'स्वर्णिम काल' बनाउने संकल्प गर्दै बदलिएको कांग्रेसलाई साथ दिन अपिल गरे।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टी
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...