गैँडाकोटमा २४ वर्षीया युवती कोठाभित्र मृत फेला

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

26
Share
Featured
  • गैँडाकोट–२ शान्तिनगरमा २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन्।
  • सम्पर्क हुन नसकेपछि ताल्चा खोलेर हेर्दा खाटमा सिरकले छोपिएको अवस्थामा शव भेटिएको र शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ।
  • घटनाको प्रकृति हेर्दा हत्या भएको आशङ्का गरिएको छ र इलाका प्रहरी कार्यालय गैँडाकोटले अनुसन्धान अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती आफ्नै कोठाभित्र शङ्कास्पद रूपमा मृत फेला परेकी छन्। गुल्मीको मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोटमा डेरा गरी बस्ने २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ मृतावस्थामा भेटिएकी हुन्।

लामो समयसम्म सम्पर्क हुन नसकेपछि उनका दाजुले घरबेटीलाई खबर गरेका थिए। प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितिमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमा सिरकले छोपिएको अवस्थामा मृत भेटिएकी हुन्। मृतकको शरीरमा चोटपटक समेत देखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार तीन वर्षअघि विवाह गरेकी सापकोटाको एक वर्षअघि सम्बन्धविच्छेद भएको थियो र उनी हाल एक्लै बस्दै आएकी थिइन्। उनी गत फागुन १० गते मात्रै गुल्मीबाट गैँडाकोट फर्किएकी थिइन्। घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

यो समाचारमा

गैँडाकोट  नगरपालिकाकाठमाडौँगुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...