फेक रेस्क्यु

'फेक रेस्क्यु' प्रकरणमा थप दुई जना पक्राउ, विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष पनि समातिए

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

26
Share
Featured
  • नक्कली उद्धार गरी बिमा ठगी गरेको आरोपमा सीआईबीले थप दुई जना पक्राउ गर्दै कुल पक्राउ संख्या ९ पुगेको छ।
  • पक्राउ पर्नेमा विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एडभेञ्चरका प्रतिनिधि सन्दीप तिवारी छन्।
  • स्वास्थ्य समस्या नभएका पर्यटकको फेक रेस्क्यु कागजात बनाएर विदेशी बिमा कम्पनीबाट रकम असुल्ने संगठित गिरोहबारे अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पर्वतारोहण क्षेत्रमा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी बिमा रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह र ठमेलस्थित रोयल होलिडेज एडभेञ्चरका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी रहेका छन्।

सीआईबीका अनुसार तिवारीलाई मंगलबार र सिंहलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिइएको हो। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ। यसअघि ट्रेकिङ कम्पनी, रेस्क्यु एजेन्सी, अस्पताल र हेलिकप्टर कम्पनीका सञ्चालकहरू समेत पक्राउ परिसकेका छन्।

उच्च हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकहरूको स्वास्थ्यमा समस्या नभए पनि उद्धार गरेको नक्कली कागजात बनाएर विदेशी बिमा कम्पनीबाट गैरकानुनी रूपमा आर्थिक लाभ लिने गरेको अनुसन्धानबाट खुलेको छ। सीआईबीले यस संगठित ठगीबारे थप अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...