पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

32
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । 

राष्ट्रपतिसमक्ष अष्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । उहाँहरू आवासीय राजदूत हुनुहुन्छ ।

त्यसैगरी, राष्ट्रपतिसमक्ष माल्दिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँहरू नेपालका लागि गैरआवासीय राजदूत हुनुहुन्छ । 

यो समाचारमा

रामचन्द्र पौडेलचीनअष्ट्रेलियाकाठमाडौँ
माल्दिभ्स4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...