निर्वाचनका लागि कैलालीका सीमा नाका ३ दिन बन्द हुने

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

20
Share
Featured
  • जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित बनाउन फागुन १८ राति १२ बजेदेखि २१ राति १२ बजेसम्म कैलालीका भारतीय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।
  • फागुन २० राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सवारी आवागमनमा कडाइ गरिनेछ; एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल, दूरसञ्चार, विद्युत् र कूटनीतिक नियोगका सवारीलाई मात्र अनुमति हुनेछ।
  • निर्वाचनको सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै सीमा क्षेत्रमा सुरक्षा गस्ती समेत बढाइएको प्रशासनले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन कैलालीका भारतीय सीमा नाकाहरू तीन दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछन्।

प्रशासनले फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्मका लागि सवारी आवागमनमा समेत कडाइ गरेको छ। यस अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, दूरसञ्चार, विद्युतीय सेवा र कूटनीतिक नियोगका सवारी जस्ता अत्यावश्यक सेवाका साधनहरूलाई मात्र सञ्चालनको अनुमति दिइने कार्यालयले जनाएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा सुरक्षा गस्ती समेत बढाइएको छ।

यो समाचारमा

कैलालीकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...