गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

25
Share
Featured

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए । उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनूनी दायरामा ल्याइने बताए । दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ (पाँच) सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ ।

पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो । गृहमन्त्रीका साथमा गृहसचिव मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत अस्पताल पुगेका थिए ।

यो समाचारमा

धादिङओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...