दुर्गा प्रसाईंलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

16
Share
Featured
  • सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान र कारबाही अघि बढाउन निर्वाचन आयोगले गरेको निर्णयको सक्कल फाइल माग गर्न आदेश दिएको छ।
  • न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले फागुन ४ गते आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल माग गरेको हो।
  • सर्वोच्च अदालतले थप सुनुवाइका लागि मंगलबार पेशी तोकेको छ; प्रसाईं हाल सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रहरी हिरासतमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन निर्वाचन आयोगले गरेको निर्णयको सक्कल फाइल मगाउन आदेश दिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले विशेषगरी गत फागुन ४ गते निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल मगाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोही पत्र र निर्देशनको आधारमा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको दाबी गर्दै आएको छ।

सर्वोच्चले यस विषयमा थप सुनुवाइका लागि मंगलबारका लागि पेशी तोकेको छ। प्रसाईं हाल सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रहरी हिरासतमा रहेका छन्।

यो समाचारमा

निर्वाचन आयोगसर्वोच्च अदालतदुर्गा प्रसाद प्रसाईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...