आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

17
Share
Featured

काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल तराई भू-भागका केही स्थानमा तुँवालो लागेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको भइरहेको छ ।

आज दिउँसा तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यो समाचारमा

कोशी प्रदेशगण्डकी प्रदेशकर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...