राष्ट्रिय हक्की प्रतियोगितामा सुदूरपश्चिमलाई उपाधि

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

26
Share
Featured

काठमाडौँ

सुदूरपश्चिम प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत पुरुषको उपाधि जितेको छ ।

नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले ९ अंक जोडे । कोशी प्रदेश ६ अंकसाथ तेश्रो भयो ।

महिलामा गण्डकी १२ अंकसाथ पहिलो, सुदूरपश्चिम ९ अंकसाथ दोश्रो तथा मधेश प्रदेश ६ अंकसाथ तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी, गण्डकीका संगम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता बने ।

महिलामा गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी चुनिए । सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिलामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान ५–५ प्रदेश टिम सहभागी थिए ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकाठमाडौँहक्कीदशरथ रंगशाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...