एमालेको झण्डा जलाएको आरोप रास्वपाद्वारा अस्वीकार, छानबिनको माग

Author

सजिलो पत्रिका

२०८२ फागुन ०८, शुक्रबार

17
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा नेकपा एमालेको झण्डा जलाइएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
  • घटना पछि एमालेले रास्वपामाथि आरोप लगाएको थियो, तर रास्वपा सभापति रवि लामिछाने र दाङ जिल्ला सभापति बिनय घिमिरे ले आरोप खण्डन गरेका छन्।
  • रास्वपाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ र आफ्नो बढ्दो जनलहरलाई बदनाम गर्ने उद्देश्यको रूपमा यस कार्य भएको दाबी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाइएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै पार्टीको झण्डा जलाएपछि एमालेले रास्वपामाथि आरोप लगाएको थियो।

एमाले दाङका अध्यक्ष शिव कुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताले झण्डा जलाएको दाबी गर्दै यसलाई ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए। तर, रास्वपा सभापति रवि लामिछाने र दाङ जिल्ला सभापति बिनय घिमिरेले उक्त आरोपको खण्डन गरेका छन्।

जिल्ला सभापति घिमिरेले जारी गरेको विज्ञप्तिमा रास्वपाको बढ्दो जनलहरलाई बदनाम गराउने उद्देश्यले यस्तो निन्दनीय कार्य गरिएको दाबी गरिएको छ। रास्वपाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ।


यो समाचारमा

दाङखड्गप्रसाद शर्मा ओलीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...