प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

18
Share
Featured
  • केपी शर्मा ओली ले प्रधानमन्त्री सुशीला कार्की सँग बालुवाटारमा भेट गरी समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल गरेका छन्।
  • भेटमा ओलीले फागुन २१ को निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक सुरक्षा व्यवस्था मजबुत पार्न आग्रह गरेका छन्, जहाँ उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी थिए।
  • यसअघि माघ २२ गते पनि दुई नेताबीच लामो संवाद भएको थियो, र निर्वाचन नजिकिँदै गर्दा यस्तो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। उपाध्यक्ष विष्णु पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका ओलीले समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनका बारेमा छलफल गरेका हुन्।

भेटका क्रममा अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन प्रधानमन्त्री कार्कीसँग आग्रह गरे। बालुवाटार स्रोतका अनुसार दुई नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचन तयारीका विषयमा कुराकानी भएको थियो।

यसअघि गत माघ २२ गते पनि ओली र कार्कीबीच निर्वाचन र राजनीतिक निकासका विषयमा झन्डै दुई घण्टा लामो संवाद भएको थियो। निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेता र सरकार प्रमुखबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...