काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल (अन्तरजिल्ला दोलखा) को आयोजनामा बुधावार एक बृहत् युवा भेला सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पार्वत गुरुङले दोलखाली जनताको आशा र विश्वासलाई मर्न नदिने प्रतिबद्धता गरेका छन्।
नेता गुरुङले विशेषगरी युवाहरूको भविष्य र नेतृत्वका बारेमा चर्चा गर्दै भने— दोलखाका युवाहरूलाई उचित शिक्षा र अवसर दिएर अगाडि बढाउनु आफ्नो प्राथमिकता हो। राजनीतिमा लागेका युवाहरूलाई भोलिको सफल नेता र सक्षम नेतृत्वकर्ता बनाउन आफूले सधैं सहयोग गर्ने उनले बताए ।
अहिले उम्मेदवार पार्वत गुरुङ दोलखाका विभिन्न ठाउँमा घरदैलो र चुनावी प्रचारप्रसारमा निकै व्यस्त छन्। बुधावार को युवा भेलाले एमालेको चुनावी अभियानमा थप उत्साह थपेको छ।