प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

19
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले प्रश्न गर्दा भाद्र २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन्।

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे ।

उनले भने ,‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ । अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो । कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो । त्यस्तो नेपाल बनाउँछौँ ।’

उनले आगामी दिनमा प्रधानमन्त्री कुनै पनि भ्रष्टाचार काण्डमा नमुछिने वातावरण बनाउने दाबी गरे। एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्ने, कोही कसैले झुटा मुद्दाको सिकार हुनुपर्ने र हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्ने जस्ता समस्याको अन्त्य गर्ने प्रतिज्ञा व्यक्त गरे ।

‘कानुन ठूलोको लागि होइन् त्यो अध्याय अब समाप्त भयो । अब देशको प्रधानमन्त्री वा नेपाको कुनै ठूला व्यक्ति कुनै काण्डमा मुछिएको कुरा नहुने प्रतिज्ञा कांग्र्सले गर्छ । अब एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्दैन् । कोही कसैले झुटा मुद्दाको सिकार हनुपर्दै हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दै यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने ।

उनले प्रतिज्ञा पत्रमा लेखिएका कुरा कांग्रेसको सभापतिदेखि वडा तहसम्मका एक एक सदस्यदले पाँच वर्षसम्म पालना गर्ने प्रतिबद्धता जनाए ।
‘यो राजा जनकको भूमिमा म घोषणा गर्न आएको छैन, प्रतिज्ञा गर्न आएको हुँ । आज म जे बोल्छु, प्रतिज्ञा पत्रमा जे लेखिएको छ त्यसको अक्षररंश नेपाली कांग्रेसको सभापतिदेखि वडा तहसम्मका एक एक सदस्यदले पाँच वर्षसम्म पालना गर्नेछ,’ उनले भने ।

जस्तोसुकै असहज परिस्थिती भएपनि सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा राजा जनकले झै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि आफूलाई पछि नसार्ने दाबी गरे ।

उनले सहकारीका ठगहरूलाई तह लगाउने मात्रै नभई मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने र मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने बताए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसजनकपुरगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...