दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

38
Share
Featured
  • राष्ट्रिय प्रजातन्त्र पार्टी ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई निःशर्त र अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।
  • गृहमन्त्री ओमप्रकाश अर्याल सँगको भेटमा पक्राउ संविधान र मौलिक हकविपरीत भएको दाबी गरिए पनि उनले मुद्दा अदालतमा पुगेकाले कानुनी प्रक्रियाबाटै टुङ्गो लाग्ने बताए।
  • निर्वाचन आचारसंहिता उल्लंघन आरोपमा सोमबार पक्राउ परेका प्रसाईंलाई अदालतले अनुसन्धानका लागि चार दिनको म्याद थप गरिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई निःशर्त र अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। मंगलबार राप्रपाको एक प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंको पक्राउ संविधान र मौलिक हकविपरीत भएको भन्दै ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा राप्रपा कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले मौलिक हकको प्रयोग गरेकै आधारमा कसैलाई पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका छन। जवाफमा गृहमन्त्री अर्यालले प्रसाईंविरुद्धको मुद्दा अदालतमा पुगिसकेकाले अब कानुनी प्रक्रिया र अदालतबाटै यसको टुङ्गो लाग्ने स्पष्ट पारेका छन।

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि अदालतले चार दिनको म्याद थप गरिसकेको छ। यसअघि पनि उनी सोही आरोपमा पक्राउ परी माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए।

यो समाचारमा

ओमप्रकाश अर्यालदुर्गा प्रसाद प्रसाईकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...