जेनजी आन्दोलनको भागिदार एमाले मात्र होइन, कांग्रेस पनि हो- योगेश भट्टराई

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

19
Share
Featured
  • योगेशकुमार भट्टराई ले ‘जेनजी आन्दोलन’का कमजोरीमा एमाले मात्र होइन, गृह मन्त्रालय सम्हालेको नेपाली कांग्रेस पनि जिम्मेवार रहेको दाबी गरे।
  • भदौ २३ को घटनालाई राज्यको कमजोरी र २४ को घटनालाई राज्यविरुद्धको संगठित षड्यन्त्र भन्दै फरक विश्लेषण आवश्यक रहेको बताए, साथै एमाले आत्मालोचनाका लागि तयार रहेको उल्लेख।
  • आगामी निर्वाचन सन्दर्भमा युवा पुस्ता र एमालेबीच संवाद र सहकार्य आवश्यक रहेको जोड दिँदै मिलेर देशको भविष्य निर्माण गर्नुपर्ने धारणा व्यक्त।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले 'जेनजी आन्दोलन' का क्रममा भएका कमीकमजोरीको भागिदार एमाले मात्र नभई नेपाली काँग्रेस पनि भएको दाबी गरेका छन्। मंगलबार एक भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री भट्टराईले तत्कालीन सरकारको नेतृत्व एमालेले गरेको भए पनि गृह मन्त्रालय कांग्रेसको हातमा रहेकाले दुवै दलले जिम्मेवारी लिनुपर्ने बताए।

भट्टराईले भदौ २३ र २४ गतेका घटनालाई फरक ढंगले विश्लेषण गर्नुपर्ने तर्क गरे। उनले २३ गतेको घटनालाई राज्यको कमजोरी र २४ गतेको घटनालाई राज्यविरुद्धको संगठित अपराध एवं षडयन्त्रको संज्ञा दिए। आन्दोलनको ६ महिनापछि उनले तत्कालीन सरकारका तर्फबाट भएका कमीकमजोरीमा एमाले आत्मालोचना गर्न तयार रहेको समेत उल्लेख गरे।

आगामी निर्वाचनको सन्दर्भमा उनले नवयुवा पुस्ता र एमालेबीच मनमुटाव हुन नहुनेमा जोड दिए। एकअर्काप्रति आक्रोश पोखेर मात्रै निकास ननिस्कने भन्दै उनले युवाहरूसँग छलफल र संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। एमाले र युवा पुस्ता मिलेर नै देशको भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)योगेश भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...