दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न आम जनता पार्टीको माग

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

25
Share
Featured
  • आम जनता पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
  • सरकारद्वारा आलोचकलाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै यस्तो कदम विधिको शासन र लोकतन्त्रविरुद्ध भएको आजपाको भनाइ छ।
  • प्रसाईँ सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएका छन् ; उनी यसअघि पनि निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

आम जनता पार्टी (आजपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई बिना सर्त रिहा गर्न माग गरेको छ । आजपाका प्रवक्ता चन्द्रभुषण साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईँलाई  रिहा गर्न माग गरेका  हुन् ।  

'सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित गर्ने र पटकपटक गिरफ्तारी गर्नछोड्न केटाकेटी खेल खेल्नु सरकारको मर्यादा र परिपक्वताको विपरीत मात्र नभई विधिको शासन र लोकतन्त्रमाथि प्रहार हो प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।

प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको  प्रहरीले जनाएको छ ।

प्रसाईं एक साताअघि मात्रै रिहा भएका थिए। यसअघि उनलाई माघ २३ मा काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिएको थियो। 

वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदा पक्राउ परेका थिए। दुई दिन प्रहरी हिरासतमा बसेका उनी माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए।

त्यतिवेला प्रसाईंले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको थियो। अहिले पनि निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।

यो समाचारमा

आम जनता पार्टीदुर्गा प्रसाद प्रसाईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...