खोटाङमा चुनावी रौनक : कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी

Author

सजिलो पत्रिका

२०८२ फागुन ०४, सोमबार

33
Share
Featured

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ ।

कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङलामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो ।

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेद्वार रामकुमार राई निर्वाचित भएका थिए । राईले जिल्लामा एमालेको दबदबा तोडेका थिए ।

जेनजी आन्दोलनपछिको यो निर्वाचनमा भने वैकल्पिक राजनीतिक धाराहरूले पनि आफ्ना असर देखाउने प्रयास गरिरहेका छन् ।

कांग्रेस–एमाले ः परम्परागत शक्ति र संगठनको बल

नेपाली काँग्रेसका उम्मेदवार वीरकाजी राई सरल, शालिन र मिलनसार छविका नेताका रूपमा परिचित छन् । पार्टीभित्र सर्वस्वीकार्य उम्मेदवारका रूपमा उनी घरदैलो अभियान, गाउँ–गाउँमा मतदाता भेटघाट र विकास एजेन्डा लिएर मैदानमा छन् ।

जिल्लाकै जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्ट कांग्रेसले जिल्लामा एकता र संगठनात्मक मजबुती कायम गर्दै प्रत्यक्ष निर्वाचनमा जित निकाल्ने रणनीति अघि सारेको बताउँछन् । नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा उनले कांग्रेसले गरेका विकासका कामले नै जिल्लामा जित निश्चित रहेको दाबी गरे ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देबविक्रम राई लामो राजनीतिक अनुभव र संगठनात्मक पकड बोकेका नेताका रूपमा परिचित छन् । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको राजनीतिक समीकरणमा उनी स्थायित्व र निरन्तरताको प्रतीक बनेका छन् । एमालेको बलियो संगठन र २०७९ को समानुपातिक अग्रतालाई उनी प्रत्यक्ष मतमा रूपान्तरण गर्ने लक्ष्यमा छन् ।

गठबन्धनका बाबजुत प्रत्यक्षमा निर्वाचन जित हाँसिल गर्न नसकेपनि एमाले जिल्लामा समानुपातिक मतमा पहिलो रहेको छ ।

वैकल्पिक उम्मेदवार र युवा नेतृत्व

अर्थ–राजनीतिज्ञ हरि रोक्का झण्डै चार दशक काठमाडौंमा बिताएर गाउँ फर्किएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रहेका उनी गाउँमै बसोबास गर्दै विकास, युवा रोजगारी र स्थानीय उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिँदै मतदाता भेटघाटमा छन् । उनका विचार र नीतिप्रति ग्रामीण र युवा मतदाता आकर्षित छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रभाव खोटाङमा सीमित देखिएको छ । नेपाल न्यूज बैंकले गरेको सम्पर्कका आधारमा जिल्लाको संगठन विस्तार र स्थायी संरचना कमजोर नै रहेकाले रास्वपाका उम्मेदवारलाई झड्का दिइरहेको छ । रास्वपाले यस क्षेत्रमा रुद्र गिरिलाई उम्मेदार बनाएको छ ।

यो निर्वाचनमा दुईजना स्वतन्त्र सहित १५ उम्मेदार चुनावी मैदानमा छन् ।

२०७९ को निर्वाचन तथ्यांक

गत प्रतिनिधि सभा निर्वाचनमा खोटाङ–१ को प्रत्यक्ष मत परिणाम अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गठबन्धन उम्मेदार राम कुमार राईले ३१,३५१ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा एमालेका विशाल भट्टराईले २८,६८२ मत ल्याएर दास्रो भएका थिए ।

समानुपातिक मततर्फ भने एमालेले २४,२७१ मत, कांग्रेसले ः १८,६७२ मत, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ः ११,८४५ मत, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ः ३,३६३ मत, जनता समाजवादी पार्टी, नेपालले ः २,२४८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी ः १,४९७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी ः १,२५५ मत ल्याएका थिए । अरु दलहरुले हजार मत कटाउन सकेका थिएनन् ।

यो तथ्यांक अनुसार पनि खोटाङमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् भने वैकल्पिक मतले त्रिकोणीय प्रतिस्पर्धा सिर्जना गर्ने देखिएको चर्चा हुने गरेको छ ।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)कोशी प्रदेशखोटाङ
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...