रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन ०४, सोमबार

35
Share
Featured

काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।

लामालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा खुलेको तथ्यका आधारमा प्रहरीले चन्द्रपुर–४ स्थित गणेश चोकमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पक्राउ गरेको छ । उनीहरूको कोठाबाट ब्राउन सुगर तौलने मेसिन र प्याकेजिङमा प्रयोग हुने प्लास्टिकका टुक्राहरू समेत बरामद गरिएको छ ।

यसैगरी, अनुसन्धानकै क्रममा सोही साँझ ६ः३० बजे चन्द्रपुर–१ स्थित अमृत घिसिङको घरबाट २९ वर्षीय प्रशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट २४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

यो समाचारमा

रौतहटचन्द्रपुर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...