लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारलाई सर्वसम्मत गराउन आग्रह

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार २१:०९

25
Share
Featured

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी मैदानमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरुले सहयोगका लागि आग्रह गरेका छन् । उनीहरुले सर्वसम्मत रुपले आफूहरुलाई निर्वाचित गराउनपनि अन्य दलका उम्मेदवारहरुलाई अनुरोध गरेका छन् । समुदायका तर्फबाट ६ जना प्रत्यक्ष र १५ जना समानुपातिक उम्मेदवार चुनावी मैदानमा छन्।

काठमाडौँ १ बाट सुरेन्‍द्र पाण्‍डे, काठमाडौँ १० बाट पुर्ण चन्द्र पौडेल, मोरङ ४ बाट नुमा लिम्बु, ओखलढुङ्गाबाट पिंकी राई, रुपन्देही २ बाट देवेन्द्र बहादुर खत्री र काभ्रेपलान्चोक १ बाट बिनोद लामा प्रत्यक्ष उम्मेदवार रहेका छन्।

चुनावमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सङ्गठित उम्मेदवारीले जनचेतना अभिवृद्धि गरेको संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले बताएका छन्। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारलाई मतदान गरेर आफ्नो उपस्थिति सशक्त रूपमा देखाउन समुदाय र मतदातालाई आह्वान गरेका छन्।

नेपाल सरकारको प्राथमिकतामा नपरेको समुदाय पहिलो पटक सङ्गठित रूपमा चुनावमा होमिनु ऐतिहासिक कदम भएको उनको भनाइ छ। साथै उनले राजनीतिक सहभागिता केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभई नीति निर्माण तहमा पुगेर समुदायका अधिकार सुनिश्चित गर्ने कानुन निर्माण गर्नु नै मूल लक्ष्य रहेको स्पष्ट पारे।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई कानुनी रूपमा सुनिश्चित अधिकार प्रदान गर्न कानुन निर्माण अपरिहार्य रहेको पन्तको भनाइ छ। उनले १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत गरिदिन दलहरूलाई आग्रह गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारहरूलाई समर्थन गर्न अपिल गरे।

उनका अनुसार संसद् र प्रदेशसभामा प्रतिनिधित्व सुनिश्चित भए मात्र समुदायको आवाज सिधै नीति निर्माण तहमा पुगेर शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी र समान नागरिक अधिकारसम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्न सकिनेछ।

मायाको पहिचान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश संयोजक बाबू दुमि राईले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विभेद कायमै रहेको उल्लेख गर्दै राज्यको नीति निर्माण तहमा पुग्न पाउनु संवैधानिक अधिकार भए पनि हालसम्म प्रभावकारी कार्यान्वयन नभएको बताए।

उनले राजनीतिक दलहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई केवल सहानुभूतिको विषय नभई समान अधिकारयुक्त नागरिकका रूपमा स्वीकार गरी नीति निर्माण प्रक्रियामा सहभागी गराउनुपर्ने धारणा राखे।

समावेशी समाजवादी पार्टीकी समानुपातिक उम्मेदवार प्रतीक्षा चापागाईंले कानुनमै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार स्पष्ट रूपमा लेख्नुपर्ने आवश्यकता औँल्याइन्। उनले कानुन कार्यान्वयन फितलो रहेको उल्लेख गर्दै नीति निर्माण तहमा प्रत्यक्ष सहभागिता बिना अधिकार कार्यान्वयन सम्भव नभएको बताइन्।

ओखलढुङ्गाकी प्रत्यक्ष उम्मेदवार पिंकी राईले अवसरमा विभेद नगर्न आग्रह गर्दै क्षमता भएर पनि अवसर नपाएको यथार्थ प्रस्तुत गरिन्। उनले राज्य संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित भए मात्र समुदायको वास्तविक समस्या नीतिगत रूपमा सम्बोधन हुने बताइन्।

काठमाडौँ १ का उम्मेदवार सुरेन्द्र पाण्डेले समलिङ्गी विवाहसम्बन्धी कानुन निर्माणमा अझै उल्झन रहेको उल्लेख गर्दै संसद्मा प्रतिनिधित्व भएर समुदाय तथा समग्र समाजका लागि न्यायोचित कानुन बनाउन पहल गर्ने बताए।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता विस्तार गर्दै नीति निर्माण तहसम्म पुगेर विभेद अन्त्य गर्ने स्पष्ट कानुनी व्यवस्था निर्माण गर्नु नै आफ्नो प्रतिबद्धता रहेको जनाए।

यो समाचारमा

देवेन्द्र बहादुर खत्रीओखलढुङ्गानुमा लिम्बुबिनोद लामा
पुर्ण चन्द्र पौडेल6 more

ट्यागहरू

#आगामी निर्वाचन#प्रतिनिधि सभा सदस्य#चुनावी मैदान#चुनावी वातावरण#प्रतिनिधि सभा#आम निर्वाचन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू