मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

22
Share
Featured
  • पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मलेखु खण्डमा हालसम्म ११ किलोमिटर सडक कालोपत्र गरिएको छ, जसमा गत वर्ष ८ किमी र यस वर्ष थप ३ किमी समेटिएको छ।
  •  नागढुङ्गा–मुग्लिन सडक आयोजनाको तेस्रो चरणअन्तर्गत करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ, विभिन्न स्थानमा कालोपत्र, बेस–सबबेस तथा पुल निर्माण जारी छ।
  • विश्व बैंकको ऋण सहयोगमा करिब रु ४ अर्ब ८० करोड ५९ लाख लागतमा ३८ किमी सडक स्तरोन्नति भइरहेको छ भने निर्माण सामग्री अभाव हुने सम्भावना व्यक्त गरिएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत  हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् । 

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए ।

 धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उनले व्यक्त गरे ।

विश्व बैंकको ऋण सहयोग रु चार अर्ब ८० करोड ५९ लाख मा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको होे । 

यो समाचारमा

काठमाडौँविश्व बैंकधादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...