रुकुम पूर्वमा प्रचण्डद्वारा २५२ शहीद तथा बेपत्ता परिवार सम्मानित

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

31
Share
Featured
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३०औँ जनयुद्ध दिवसमा रुकुम पूर्वका २५२ शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेका छन्।
  • रुकुम जनयुद्धको आधार इलाका र राजनीतिक परिवर्तनको महत्वपूर्ण थलो भएको उनले उल्लेख गरे।
  • कार्यक्रममा नेतृ पम्फा भुसालसहित स्थानीय नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३०औँ जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वका शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेका छन्। शुक्रबार भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित विशेष कार्यक्रममा प्रचण्ड र नेतृ पम्फा भुसालले २ सय ५२ जना शहीद तथा बेपत्ताका परिवारलाई सम्मान गरेका हुन्।

आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार समेत रहेका प्रचण्डले जनयुद्धको आधार इलाका मानिने यस क्षेत्रको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारे। रुकुम जनयुद्धका क्रममा महत्त्वपूर्ण निर्णय लिने र शान्ति प्रक्रियाको जग बसाल्ने थलो भएको उल्लेख गर्दै उनले शहीदहरूको बलिदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको बताए। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो।





यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...