पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं फर्कँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

27
Share
Featured
  • ज्ञानेन्द्र शाह आज झापाबाट हेलिकप्टरमार्फत काठमाडौं फर्कने भएका छन्, मौसमका कारण नियमित उडान परिवर्तन गरिएको हो।
  • उनी करिब १ घण्टा १० मिनेटको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
  • स्वागतका लागि समर्थकहरू भेला हुने तयारीबीच सम्भावित गतिविधि रोक्न विमानस्थल क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट हेलिकप्टरमार्फत काठमाडौं फर्कने भएका छन्। यसअघि बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउने तालिका भए पनि मौसम प्रतिकूलताका कारण जहाज ढिलो हुने भएपछि उनी कैलाश हेलिकप्टरमार्फत आउन लागेका हुन्।

सुरक्षा स्रोतका अनुसार शाह मध्यान्ह १२ बजे झापाबाट प्रस्थान गर्नेछन् र करिब १ घण्टा १० मिनेटको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

यसैबीच, पूर्वराजाको स्वागतका लागि राजावादीहरूले विमानस्थलमा ठूलो संख्यामा मानिस भेला गर्ने तयारी गरेका छन्। सो क्रममा हुन सक्ने सम्भावित प्रदर्शन र उच्छृङ्खल गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले विमानस्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। सुरक्षा व्यवस्थालाई कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यो समाचारमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलझापाज्ञानेन्द्र शाहकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...