तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

37
Share
Featured


मन्थली नगरपालिका, रामेछाप–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेहरुमा मन्थली नगरपालिका–२, पिल्ले बस्ने मृतक तारा तामाङका करिब ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखुतामाकोशी गाउँपालिका–७, तिल्पुङ बस्ने रमिता तामाङका ८ वर्षीय छोरा रोनिश तामाङ र उमाकुण्डा गाउँपालिका–६, गुप्तेश्वर बस्ने २४ वर्षीय विशाल सुनुवार रहेका छन् । नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रुपमा खोजी कार्य जारी राखे पनि हालसम्म उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब १०ः४० बजे दुर्घटना भएको थियो । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस मन्थली नगरपालिका–६, बेनीघाटस्थित सडकबाट तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनापछि बसमा सवार चालकसहित २० जनालाई उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

मन्थली नगरपालिका, रामेछापउमाकुण्डा गाउँपालिकाकाठमाडौँलिखुतामाकोशी गाउँपालिका
ओखलढुङ्गा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...