टी–२० विश्वकप : दक्षिण अफ्रिकाको अफगानिस्तानमाथि रोमाञ्चक जित

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

26
Share
Featured

काठमाडौँ

टी–२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जित निकालेको हो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको थियो।

दोस्रो सुपर ओभरमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दोस्रो सुपर ओभरमा १९ रन मात्र जोड्न सफल भयो ।

समूहमा ’डी’मा रहेको दक्षिण अफ्रिकाको यो दोस्रो जित हुँदा अफगानिस्ताले भने लगातार दुई म्याच हारेको छ ।

यसअघि अफगानिस्तान न्युजिल्याण्डसँग १० विकेटले नै पराजित भएको थियो ।

यो समाचारमा

काठमाडौँभारतन्युजिल्याण्डअफगानिस्तान
दक्षिण अफ्रिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...