जेलमा रहेका भारतीय अभिनेता राजपाल यादवलाई गुरमीत चौधरी र सोनु सूदको साथ

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

30
Share
Featured

काठमाडौँ

चेक अनादरसम्बन्धी मुद्दामा तिहार जेलमा आत्मसमर्पण गरेका बलिउड अभिनेता राजपाल यादवलाई सहयोग गर्न कलाकार गुरमीत चौधरी र सोनु सूद अगाडि आएका छन् ।

गत फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरेका राजपालको पक्षमा गुरमीतले सामाजिक सञ्जाल एक्समार्फत भावुक सन्देश लेख्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् । उनले वरिष्ठ तथा अत्यन्त प्रतिभाशाली कलाकार राजपाल कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै आफू कलाकार र मानवताको नाताले सक्दो साथ दिने बताएका छन् ।

साथै उनले चलचित्र क्षेत्रका निर्माता, निर्देशक र सहकर्मीहरूलाई करुणा र मानवताको भावनासहित एकजुट भएर समाधान खोज्न आग्रह गरेका छन् । “हाम्रो उद्योग एउटा परिवार हो, र परिवारले आफ्नोलाई कहिल्यै छाड्दैन,” उनले उल्लेख गरेका छन् ।
जेल जानुअघि राजपालले इन्स्टाग्राममा भावुक भिडियो सार्वजनिक गर्दै गम्भीर आर्थिक संकटमा परेको बताएका थिए । उनको उक्त अभिव्यक्तिपछि प्रशंसक तथा फिल्म क्षेत्रबाट विभिन्न प्रतिक्रिया आएका थिए ।

यसैक्रममा अभिनेता सोनु सूदले पनि राजपाललाई आफ्नो आगामी फिल्ममा अवसर दिने र आर्थिक सहयोगस्वरूप साइनिङ रकम उपलब्ध गराउने घोषणा गरेका छन् । उनले यसलाई ‘च्यारिटी’ नभई कलाकारको सम्मान जोगाउने प्रयास भएको बताएका छन् । “सानो साइनिङ रकम दान होइन, सम्मान हो । कठिन समयमा उद्योगले आफ्ना सदस्यलाई एक्लो महसुस हुन दिनुहुँदैन,” सोनुले लेखेका छन् ।

यसअघि दिल्ली उच्च अदालतले चेक अनादरका श्रृंखलाबद्ध मुद्दामा जेल सजाय टार्ने राजपालको अन्तिम प्रयास अस्वीकार गर्दै आत्मसमर्पण गर्न आदेश दिएको थियो । अदालतले राजपालले पटक–पटक भुक्तानीसम्बन्धी प्रतिबद्धता उल्लंघन गरेको उल्लेख गर्दै फेब्रुअरी ४ भित्र आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।

राजपालका वकिलले तत्काल २५ लाख भारतीय रुपैयाँ जम्मा गर्ने र बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति भएको दाबी गरे पनि अदालतले राहत दिन अस्वीकार गरेको थियो । न्यायाधीश शर्माले आत्मसमर्पण नगरेसम्म कुनै सुनुवाइ नहुने स्पष्ट पारेपछि राजपालले फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरेका हुन् । अदालतले आत्मसमर्पणपछि कानुनअनुसार उपयुक्त निवेदन दिन सक्ने स्पष्ट पारेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...