टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार ०७:४७

23
Share
Featured

काठमाडौँ

पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा संयुक्त राज्य अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । कोलोम्बोस्थित सिन्हालेस स्पोट्र्स क्लब (एसएससी) ग्राउण्डमा भएको खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

शुभम रन्जानेको अर्धशतक तथा शायन जहागिरको ४९ रन बनाएपनि अमेरिकाले जितसम्म पुग्न सकेन ।अमेरिका लागि रन्जानले ३० बलमा ३ चौका र३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए । ओपनर जहांगिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए ।मिलिन्द कुमारले २२ बलमा २९ तथा ओपनर विकेटकिपर आन्द्रेस गौसले १३ बलमा १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्।

पाकिस्तानका लागि उस्मान तारिकले ३, शदाब खानले २ तथा शाहिन साह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १ विकेट लए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका ओपनर साहीबजादा फरहानले ४१ बलमा ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ७३ रन जोडे ।

यस्तै बाबर अजामले ३२ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ४६ रन बनाए । शदाब खानले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे ।
अमेरिका स्याडली भान स्यालवाएकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । उनले लगातार दोस्रो खेलमा ४ विकेट लिएका हुन् । यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए । उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

पाकिस्तानबाट टेस्ट र ओडिआई खेलिसकेका एहसान आदिलले पाकिस्तान विरुद्ध नै टी–२० विश्वकपमा खेल्दै अमेरिकाको लागि डेब्यू गरे । तर उनले ३ ओभरमा ३९ रन खर्चेर पनि विकेट लिन सकेनन् ।समूह ए मा लगातार दुई खेल जितेर ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । अमेरिकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अमेरिका भारतसँग पराजित भएको थियो ।

यो समाचारमा

पाकिस्तानसंयुक्त राज्य अमेरिकाकाठमाडौँ

ट्यागहरू

#आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२#कोलोम्बो#आईसीसी टी–२० विश्वकप#आईसीसी#सिन्हालेस स्पोट्र्स क्लब#पाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू