विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

22
Share
Featured
  • थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा शान्ति, अहिंसा र मानव एकताको सन्देश बोकेको ‘महान् धम्म यात्रा’ लुम्बिनीसम्म सञ्चालन हुन लागेको छ।
  • माघ २७ गते रौतहटको गोल्माराजा बुद्ध बिहारबाट सुरु हुने पदयात्रामा थाइल्याण्ड, लाओस्, भारत र नेपालका २८ भिक्षु सहभागी हुनेछन्।
  • यात्राले बुद्धको शान्ति–करुणाको शिक्षा फैलाउने, धार्मिक पर्यटन प्रवद्र्धन गर्ने र विश्व शान्तिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ ।

‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो । यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ ।

ऐतिहासिक यात्रामा थाइल्याण्डका २२ जना भिक्षुहरूसहित लाओस्, भारत र नेपालका गरी कूल २८ जना भिक्षु तथा उपासकहरू सहभागी हुनेछन् ।
नेपालमा यो पदयात्रा माघ २७ गते रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट विधिवत् रूपमा सुरु हुनेछ । चन्द्रपुरबाट सुरु हुने यो पैदल यात्रा विभिन्न जिल्लाहरू पार गर्दै फागुनको दोस्रो साता लुम्बिनी पुग्ने कार्यतालिका छ ।

आयोजक समितिले हालै पत्रकार सम्मेलन गरी यात्राको विस्तृत मार्गचित्र (रुट) र सुरक्षा एवं व्यवस्थापनका पाटोहरूबारे जानकारी गराएको छ ।
गोल्माराजा बुद्ध बिहारका भन्ते मेधकर स्थविरका अनुसार, यो यात्रा केवल धार्मिक भ्रमण मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवद्र्धन र विश्व शान्तिको साझा अभियान पनि हो ।

यात्राले बुद्धको जन्मस्थल नेपाललाई विश्वमा थप परिचित गराउने र बौद्ध धर्मावलम्बीहरूका बीचमा आपसी भाइचारा बढाउने विश्वास गरिएको छ । आयोजकले यस अभियानमा स्थानीय समुदाय, नागरिक समाज र शान्तिप्रेमी सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अपिल गरेको छ ।

यो समाचारमा

काठमाडौँलुम्बिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...