राष्ट्रपति पौडेलसमक्ष गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

27
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम. स्ट्रिकलेण्ड नेतृत्वको टोलीले ‘गोर्खा ब्रिगेड’ को वार्षिक प्रतिवेदन २०२५ प्रस्तुत गर्‍यो।
  • राष्ट्रपति पौडेलले नेपाल–बेलायतबीचको पुरानो सम्बन्ध ब्रिटिस गोर्खाले अझ मजबुत बनाएको बताए र पूर्वब्रिटिस गोर्खाका जायज गुनासाबारे कूटनीतिक तहमा छलफल भइरहेको जानकारी दिए।
  • बेलायतलाई नेपालको महत्त्वपूर्ण विकास साझेदार भन्दै विश्वशान्ति स्थापनामा दुवै देशको समान धारणा रहेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम. स्ट्रिकलेण्ड नेतृत्वको टोलीले 'गोर्खा ब्रिगेड' को वार्षिक प्रतिवेदन २०२५ प्रस्तुत गरेको छ। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त अधिराज्यबीचको सदियौँ पुरानो सम्बन्धलाई ब्रिटिस गोर्खाले थप मजबुत बनाएको बताएका छन।

राष्ट्रपति पौडेलले पूर्वब्रिटिस गोर्खाहरूका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र द्विपक्षीय संयन्त्रमार्फत यसलाई छिट्टै टुङ्गोमा पुर्‍याउनु उचित हुने धारणा राखे।

उनले बेलायत नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै विश्वशान्ति स्थापनामा दुवै देशको समान धारणा रहेको बताए।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...