गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

23
Share
Featured

काठमाडौँ

नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालमधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच आइतबार भेटवार्ता भएको छ ।

मधेसका गृहमन्त्री फकिरा महतोको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको छ ।

साथै, मधेस प्रदेशको महान पर्व होलीलाई शान्तिपूर्ण र उत्साहपूर्वक मनाउने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी, प्रहरी समायोजन सम्बन्धी विषयमा पनि छलफल भएको छ । मन्त्रीहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आपसी समन्वयलाई बलियो बनाउने सहमति गरेका छन् ।

साथै, गृहमन्त्री महतोले आजै परराष्ट्रमन्त्री बालानन्द शर्मासँग पनि भेटवार्ता गरेका छन। सुरक्षा, निर्वाचन र सामाजिक सद्भावलाई केन्द्रमा राखेर भएको उक्त भेटवार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको बताइएको छ ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँओमप्रकाश अर्यालनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...