२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

33
Share
Featured

काठमाडौँ

मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

यही माघ महिनाको २३ गते दिउँसो करिब १ः३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–११ थानाभ-याङस्थित सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आएका राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई शंका लागी रोकी रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो फेला परेको थियो।

बरामद लागूऔषध तथा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यो समाचारमा

काठमाडौँहेटौडा उपमहानगरपालिकामकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...