विश्वकपमा इंग्ल्याण्डविरुद्ध भिड्दै नेपाल, प्रधानमन्त्रीले भनिन्– 'विजयी भएर आउनू'

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

25
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई जितको शुभकामना दिएकी छन्।
  • उनले यो खेललाई विश्व क्रिकेटमा नेपालको दरिलो उपस्थिति देखाउने ऐतिहासिक अवसर भनेर उल्लेख गरेकी छन्।
  • विश्वभरका नेपालीको साथ रहेको भन्दै प्रधानमन्त्रीले टोलीलाई ‘विजयी भवः’ भन्दै सफलताको कामना गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

टी–२० विश्वकपअन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरुद्ध मैदान उत्रिन लागेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले जितको शुभकामना दिएकी छन्।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीलाई हौसला प्रदान गर्दै आजको खेललाई विश्व क्रिकेटमा नेपालको दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेकी छन्। "आज वानखेडेमा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र विश्वले नेपालको आत्मविश्वास, एकता र सामूहिकता देख्नेछ," उनले सन्देशमा उल्लेख गरेकी छन्।

तेस्रोपटक विश्वकप खेलिरहेको नेपाललाई विश्वभरका नेपालीहरूको साथ रहेको बताउँदै उनले सिङ्गो राष्ट्रका तर्फबाट टोलीलाई ‘विजयी भवः’ भन्दै सफलताको कामना गरेकी छन्।

यो समाचारमा

सुशीला कार्कीरोहित पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...