आगामी निर्वाचन र राजनीतिक संकटबारे कांग्रेस, एमाले र विश्लेषकको मन्थन

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

24
Share
Featured
  • कांग्रेस नेता देवराज चालिसेले गठबन्धनबिना सबै क्षेत्रमा उम्मेदवारी दिएको र बहुमत ल्याउने दाबी गरे।
  • एमाले नेता राजेन्द्र गौतमले भूराजनीतिक दबाब, भ्रष्टाचार नियन्त्रण, प्रदेशको औचित्य र संविधान संशोधन जस्ता विषयमा गम्भीर छलफल आवश्यक बताए।
  • विश्लेषक गोपीलाल न्यौपानेले स्थिर लोकतन्त्रका लागि बलियो विपक्ष, नैतिक नेतृत्व, कानुनी र बैंकिङ सुधार जरुरी रहेको औंल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी निर्वाचन र मुलुकको समग्र राजनीतिक अवस्थाबारे नेपाली काँग्रेसका नेता देवराज चालिसे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता राजेन्द्र गौतम र विश्लेषक गोपीलाल न्यौपानेले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन्।

कांग्रेस नेता चालिसेले नेपाली काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको र यसपटक बहुमत ल्याउने दाबी गरे। उनले 'नयाँ' भनिएका दलहरूले विगतको जिम्मेवारीबाट उम्कन नमिल्ने तर्क गर्दै कांग्रेसले जनतामा आशा जगाउने घोषणापत्र ल्याएको बताए।

एमाले नेता गौतमले मुलुक भूराजनीतिक चपेटामा परेको र वर्तमान व्यवस्थामाथि चुनौती देखिएको उल्लेख गरे। उनले पारदर्शिताविना भ्रष्टाचार नियन्त्रण असम्भव रहेको भन्दै नेताहरूको आर्थिक अवस्थामाथि प्रश्न उठाए। साथै, उनले प्रदेशको औचित्य र संविधान संशोधनका विषयमा गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।

विश्लेषक न्यौपानेले लोकतन्त्रमा स्थिरताका लागि बलियो विपक्षीको आवश्यकता औंल्याउँदै नेतृत्व नैतिकवान हुनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारसम्बन्धी कानुनको पुनरावलोकन र बैंकिङ प्रणालीमा सुधारको माग गर्दै लोकतन्त्रले जनतालाई गरिब बनाउन नहुने स्पष्ट पारे।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...