कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

23
Share
Featured
  • जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टले सुशासन, विकास र समृद्धि दिन नसक्दा देश असहज अवस्थामा पुगेको आरोप लगाए।
  • शिक्षा, स्वास्थ्य र उद्योगलाई निजीकरण तथा पार्टीकरण गर्दा सरकारी संरचना कमजोर भएको उनले बताए।
  • चुनावपछि बाचा नपुरा गर्ने नेतामाथि जनताले निरन्तर प्रश्न गर्नुपर्नेमा उनले जोड दिए।
  • सप्तरीमा आफूले जितेपछि स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्दै जसपाका उम्मेदवारलाई जिताउन आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए ।

२०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’

देशमा शिक्षा, स्वास्थ्य र उद्योगलाई व्यवस्थापन गर्नुको साटो निजीकरण र पार्टीकरण गरेकोले ती सबै सरकारी संरचनाहरु तहस–नहस भएको अध्यक्ष यादवले बताए । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले चुनावका बेला बाचा गरेर पनि जितेपछि पुरा नगर्ने नेतालाई चित्त नबुझेसम्म गरिरहन मतदाताहरुसँग आग्रह आग्रह गरे ।

मत माग्न आएका बेला बाटो बनाइदिने, अस्पताल बनाइदिने, राम्रो विद्यालय तथाकलेज बनाइदिने, सिँचाइको व्यवस्था गरिदिने आदि इत्यादि बाचा गरेका नेताहरुलाई प्रतिवद्धताहरु किन भएन ? भनी प्रश्न सोधिरहे मात्र नेता सुध्रिने उनले बताए । उनले भने, ‘जनताले नेतासँग प्रश्न सोधिरहनुपर्छ, अनि मात्र नेता जिम्मेवार बन्ने छन् ।’

जनता समाजवादी पार्टीकै कारण देशमा परिवर्तन आएको भन्दै आफू र भावी सन्ततीको भविष्यका लागि जसपाका उम्मेदवारहरु अत्यधिक मतले जिताउन अध्यक्ष यादवले जनतासँग आग्रह गरे । आफू सप्तरी २ बाट चुनाव जितेपछि आमूल परिवर्तन ल्याउनका रागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक भौतिक पूर्वाधार, इन्जिनियरिङ्ग कलेज भवन, नर्सिंग कलेज भवन, पक्की सडकहरु समेतका कामहरु भएको र कतिपय पुरा हुने क्रममा रहेको उनले चर्चा गरे ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसजनता समाजवादी पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...