आइसीसी टि–२० विश्वकप : साविक विजेता भारतको विजयी सुरुआत

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

20
Share
Featured

काठमाडौँ

आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले संयुक्त राज्य अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनायो। उसका लागि सुभम् रजानेले ३७, सञ्जय कृष्णमुर्तिले ३७ रन बनाए । यस्तै मिलिण्द कुमारले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
भारतका लागि मोहमद सिराजले तीन विकेट हात पारे । अर्शदीप सिंह र अक्षर पटेलको नाममा दुई दुई विकेट रह्यो ।

त्यसअघि वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।भारतीय टोलीका कप्तान सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए । इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अभिषेक शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए ।

यो समाचारमा

क्रिकेटसंयुक्त राज्य अमेरिकाकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...