गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार

17
Share
Featured

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् ।

निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो ।

सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।

निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे टोलीलाई जानकारी गराएका थिए ।

बैठकमा जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो। यस्तै, बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो।

गृहमन्त्री अर्यालसहितको टोलीले यस अघि पनि भक्तपुर र काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण तथा अनुगमन गरिसकेका छन् ।

यो समाचारमा

ओमप्रकाश अर्यालराजकुमार श्रेष्ठकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...