११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ समापन

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार

27
Share
Featured
  • २६३ औं सेना दिवसको अवसरमा ११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भयो।
  • प्रतियोगितामा पूर्ण म्याराथन, हाफ म्याराथन, १० किमी दौड र ५ किमी वाकाथन/दौड आयोजना गरियो।
  • विभिन्न विधाका विजेतालाई नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ समापन भएको छ।

शनिबार नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे।

२६३ औं सेना दिवसको अवसरमा नेपाली सेनाले ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन भएको थियो । म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश ः एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दुरीको दौड आयोजना भयो ।

पाँच किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भए । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौड पूरा गरे ।

दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिने छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...