आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार १९:५४

32
Share
Featured
  • फोनिज काठमाडौं शाखाले २२औं वार्षिक साधारण सभा सम्पन्न गर्‍यो।
  • संघीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारप्रति सरकारको विभेदकारी दृष्टिकोण र न्यून सहयोगको आलोचना गरे।
  • मातृभाषा पत्रकारिता, संगठनको सक्रियता, एकता र पहिचानका मुद्दामा थप संघर्ष र पहल आवश्यक रहेको जोड दिइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)काठमाडौं शाखाले २२औं साधारण सभा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा आयोजित साधारण सभामा फोनिज काठमाडौंले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ संघीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार अझै गम्भीर नभएको बताए ।

उनले भने, ‘मातृभाषी पत्रकारहरूमाथि सरकारको हेर्ने दृष्टिकोण अहिले पनि विभेदकारी छ। फोनिजकै हकमा सरकारले अहिलेसम्म टोकन मनीको रुपमा मात्रै दिने गरेको छ। पत्रकारहरूको पेशा सुरक्षा र हकहितमा त निक्कै परको करा हो।’

उनले फोनिज काठमाडौंले मातृभाषामा लेख्न चाह्ने र लेखिरहेका पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। साथै उपत्यकामा देशभरीका आदिवासी जनजाति पत्रकारहरूलाई आँउदा दिनमा चलायमान बनाउनुपर्ने बताए। ‘हामी काठमाडौं शाखा चलायमान भएको हेर्न चाहन्छौ। सबैभन्दा सक्रिय शाखाको रुपमा संगठित भएको हेर्न चाहन्छौ। तर अहिले निक्कै पातलो देखियो उपस्थिति। यसलाई बढाउन जरूरी छ,’ उनले भने।

उनले नेपालको पत्रकारितामा वि.स.२००८ सालमा पत्रकार संघको स्थापना गरेर सत्यनाराण बहादुर श्रेष्ठले तर्थद कमिटी बनाए पनि नेपाल पत्रकार महासंघले मान्यता नदिनु र आफ्नै सन्तानले हेला गरेको जस्तो अनुभवी महसुस भइरहेको बताए।

‘जसले पत्रकारतिा र पत्रकार महासंघको जन्म दिए। उसैलाई अहिले पहिचान मेटाएर साइड लगाउने काम भएको छ,’ उनले जोड दिँदै भने, ‘यसलाई फोनिजले आन्दोलनको रुपमा एजेण्डा राख्दै को छ। हामीले सत्य र न्यायको पक्षमा वकालत गर्नुपर्छ।’

उनले सत्य र न्यायको पक्षमा कलम चलाउने आदिवासी पत्रकारहरूको संगठनमा एकता र पहिचानका लागि आदिवासीहरूको मामलामा अझै धेरै खोजी पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको औल्याए।

यस्तै कार्यम्रममा फोनिज काठमाडौकी कोषाधक्ष आफ्नो आर्थिक प्रतिवेदन पेश गरेकी थइिन् भने सचिव रत्नकाजी महर्जनले सागठनिक प्रतिवेदन पेश गरेका थिए।

अन्तिममा, फोनिज काठमाडौंका अध्यक्ष भीम लामाले विधानले दिएपनि धेरै कुराहरू संघीय संरचनाका अवरोधका कारण कामममा बाधा आइरहेको भन्दै फुकुवा गरिदिन अध्यक्ष समक्ष आग्रह गरे।

उनले भने, ‘हामीले काम गर्न खोज्दा पनि विधान र फोनिज केन्द्रको दबाबमा गर्न सकेका छैनौ। अब तत्काल पहल गरिदिन हुन अनुरोध गर्दछु।’ कार्यक्रममा अन्य वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#पत्रकार#आयोजित#नेपाल पत्रकार महासंघ#काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    भर्खरै

    News Image

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    News Image

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    News Image

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    News Image

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू