इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार

25
Share
Featured

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बनाएको छ । यसैक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ सिस्नेरीमा भेटघाट तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट लक्ष्मी नगरकोटीको संयोजकत्वमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा शिव नगरकोटी र सचिवमा सुमन नगरकोटी चयन भएका छन्। सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन्।

भेलामा आगामी दिनमा सञ्चालन गरिने प्रचारप्रसार कार्यक्रम, घरदैलो अभियान तथा मतदाता भेटघाटलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो। वडास्तरबाटै संगठित रूपमा अभियान सञ्चालन गर्ने लक्ष्यसहित समिति गठन गरिएको जनाइएको छ ।

चुनावी मैदानमा उत्रिएपछि उम्मेदवार थोकरले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सल्ले, वडा नम्बर–३ सिस्नेरी, कुलेखानी, कलंकी, मार्खु, थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङलगायत स्थानमा स्थानीय नागरिकसँग भेटघाट र संवाद गरिसकेका छन्। उनले मतदाताका धारणा सुन्ने, समस्या बुझ्ने र आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन्।

उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे। उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।

यो समाचारमा

थाहा नगरपालिकाकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीइन्द्रसरोवर गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...