‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, चैत्र ७ गते हुने

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

25
Share
Featured
  • निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति परिवर्तन गरिएको छ।
  • फागुन ७ को कार्यक्रम अब वि.सं. २०८२ साल चैत्र ७ गते इटहरीको सोल्टी वेस्टेन्ड होटलमा हुनेछ।
  • आयोजक नयन मिडिया फाउन्डेसनले आचारसंहिता सम्मान गर्दै कार्यक्रमलाई अझ व्यवस्थित र गरिमामय बनाउने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते ईटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गर्ने तय गरिएको थियो ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

सो निर्णयअनुसार अब ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ वि.सं. २०८२ साल चैत्र ७ गते सोल्टी वेस्टेन्ड होटल, इटहरीमै आयोजना हुने गरी नयाँ मिति तय गरिएको छ । अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको छ ।

‘कोशी एक्सिलेन्स अवार्ड’ कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम हो ।

गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको विश्वास र गरिमाका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ ।

निर्वाचनको संवेदनशील समयमा आयोगले तोकेका नियम, सर्त र मापदण्डको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मिति परिवर्तनका कारण सरोकारवालामा पर्न गएको असुविधाप्रति नयन मिडिया फाउन्डेसनले क्षमायाचना व्यक्त गरेको छ । नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले निर्वाचन आचारसंहिताको पूर्ण सम्मान गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको र नयाँ मितिमा अझ व्यवस्थित रूपमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिने बताए ।

यो समाचारमा

कोशी प्रदेशईटहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...