हामी परिवर्तन चाहन्छौँ तर मौलिकतामा आधारित -सुन्दरसिंह बोहोरा

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

24
Share
Featured
  • राप्रपाका उम्मेदवार सुन्दरसिंह बोहोराले मौलिक संस्कृति र नवीन सोचको संयोजनसहित परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे।
  • सदनमा सत्य, तथ्य र सूचनामा आधारित प्रभावशाली नेतृत्व आवश्यक रहेको उनको भनाइ।
  • प्रजातन्त्र, गणतन्त्र र वर्तमान लोकतन्त्रले अपेक्षित रूपमा मुलुकको हित नगरेको उनको टिप्पणी।
  • देशको समृद्धि, विज्ञान–प्रविधि प्रयोग र उत्पादन क्षमता वृद्धि आफ्नो प्रमुख लक्ष्य भएको उल्लेख।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार सुन्दरसिंह बोहोराले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी र दृष्टिकोणबारे जानकारी दिएका छन् ।

उनले आम नागरिकले भदौ २३ र २४ पछाडि परिवर्तन अनुभव गरेको उल्लेख गर्दै उनले मौलिक संस्कृतिमा बसेर परिवर्तन गर्न चाहेको बताए ।

‘हामी त्यसलाई आत्मसात गर्छौँ र परिवर्तन चाहन्छौँ, तर मौलिकतामा आधारित रहेर । मौलिक संस्कृतिमा बसेर परिवर्तन चाहन्छौँ। नवीनतम सोच ल्याउन चाहन्छौँ र एआईसँग पनि आत्मसात गर्न चाहन्छौँ,’ उनले भने ।

बोहोराले गरिमामय सदनमा सांसदको रूपमा प्रभावशाली व्यक्ति चाहिएको बताए । उनले प्रश्न गर्दै भने, ‘तपाईं गरिमामय सदनमा बोलिरहँदा सत्य, तथ्य, र सूचनामा आधारित बोल्ने व्यक्ति देख्न चाहनुहुन्छ कि केवल ‘ए भाले, मलाई भोट हाल’ भन्न आउने मान्छे देख्न चाहनुहुन्छ ?’

उनले नेपालको राजनीतिक इतिहासको समीक्षा गर्दै प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रले मुलुकको हितका लागि काम नगरेको बताए ।

उनले भने, ‘२०४६ देखि धेरै देख्यौँ, प्रजातन्त्र पनि देख्यौँ, गणतन्त्र पनि देख्यौँ । संविधानपछि लोकतन्त्र पनि देख्यौँ, तर यो लोकतन्त्र वास्तवमा नेपालको होइन — यो शब्द बाहिरबाट आयातित हो । तर मैले मुलुकको हितका लागि विचार गरेर काम गरेको हुँ ।’

बोहराले आफ्नो उम्मेदवारीमा मौलिक मूल्य र नवीन सोचको संयोजन ल्याउने बताउँदै आगामी निर्वाचनमा आम जनता र युवा पुस्तालाई विश्वास र सहकार्यका लागि आह्वान गरे । उनले थप भने, ‘हामी देशको समृद्धि, विज्ञान र प्रविधिको प्रयोग, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्यमा केन्द्रित छौँ।’

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...