उम्मेदवारले स्वेच्छिक सहयोग लिन पाउने, तर चन्दा तोकेर माग्न नपाइने-निर्वाचन आयोग

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

20
Share
Featured
  • उम्मेदवारहरूले कानुनभित्र रहेर शुभेच्छुकबाट स्वेच्छिक सहयोग लिन पाउने निर्वाचन आयोगको स्पष्टता।
  • कसैलाई निश्चित रकम तोकेर चन्दा माग्न नपाइने, तर स्वेच्छिक सहयोग भने निर्वाचन खातामार्फत लिन सकिने।
  • निर्वाचन खर्चका लागि अलग बैंक खाता अनिवार्य, सो रकम व्यक्तिगत काममा प्रयोग गर्न निषेध।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि आफ्ना शुभेच्छुक र समर्थकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर यस्तो सहयोग संकलन गर्न बाधा नपर्ने जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन्। "कसैलाई यति सहयोग दिनुपर्छ भनेर तोक्न पाइँदैन, तर कसैले स्वेच्छाले दिन चाहन्छ भने उम्मेदवारले निर्वाचन प्रयोजनका लागि खोलेको बैंक खातामा सहयोग लिन सक्छन्," उनले भने।

आयोगले उम्मेदवारहरूलाई निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न अनिवार्य गरेको छ। उक्त खातामा संकलित रकम केवल निर्वाचनकै काममा खर्च गर्नुपर्ने र व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाइने आयोगले प्रष्ट पारेको छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...