‘घण्टी’ मा भोट मागेपछि प्रहरी हवल्दारमाथि विभागीय कारबाही

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

34
Share
Featured
  • पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले फेसबुकमार्फत रास्वपाको चुनाव चिह्न ‘घण्टी’का लागि भोट मागेको आरोप लागेको छ।
  • सुरक्षाकर्मीले कुनै पनि राजनीतिक दलको पक्षमा प्रचार गर्न नपाउने नियम उल्लंघन गरेको पाइएपछि उनीमाथि विभागीय कारबाही प्रक्रिया सुरु गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाही अघि बढाइने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि भोट मागेको अभियोगमा पर्सामा कार्यरत एक प्रहरी हवल्दारमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय का अनुसार प्रहरी हवल्दार श्यामनारायण पटेलले रास्वपाको चुनाव चिह्न 'घण्टी' का लागि भोट माग्दै राजनीतिक प्रचार गरेका थिए। सुरक्षाकर्मीले कुनै पनि राजनीतिक दलको पक्षमा प्रचारप्रसार गर्न नपाउने नियम विपरीत कार्य गरेको पाइएपछि उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो।

पटेल पर्सा मातहतकै एक प्रहरी युनिटमा कार्यरत थिए। निर्वाचन आचारसंहिता र प्रहरी नियमावली उल्लंघन गरेको भन्दै उनीमाथि थप अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...