रौतहट घटनामा रास्वपाले भन्यो- छानबिनका लागि पूर्ण सहयोग गर्नेछौं

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

20
Share
Featured
  • रास्वपाले चुनावी गाडीको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै वस्तुनिष्ठ छानबिन र पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाएको छ।
  • दुर्घटनाका बेला उम्मेदवार शेख सगिर गाडीमा नरहेको बताइएको छ भने फरार चालक शेख मुस्ताखलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पार्टीले सबै उम्मेदवारलाई चुनावी सवारी प्रयोगमा उच्च सतर्कता र सुरक्षा संवेदनशीलता अपनाउन कडा निर्देशन दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट क्षेत्र नम्बर २ का आफ्ना उम्मेदवार शेख सगिरको चुनावी गाडीको ठक्करबाट ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी यस घटनाबाट स्तब्ध भएको र यसलाई अत्यन्त गम्भीरताका साथ लिएको बताएका छन्।

रास्वपाले घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने र पीडित परिवारलाई न्याय तथा राहत दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ। बिहीबार भएको उक्त दुर्घटनाका बेला उम्मेदवार सगिर गाडीमा सवार नरहेको बताइएको छ। प्रहरीले फरार चालक २७ वर्षीय शेख मुस्ताखलाई बिहीबार नै नियन्त्रणमा लिइसकेको छ।

यसैबीच, रास्वपाले आफ्ना सबै उम्मेदवारहरूलाई चुनावी अभियानका क्रममा सवारीसाधन परिचालन गर्दा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन कडा निर्देशन समेत दिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...