यो पल्ट प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

36
Share
Featured
  • सरकारले फागुन ६–८ सम्म तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मूल समारोह समिति गठन गरिएको छ, जसमा मन्त्री, मेयर र सुरक्षा प्रमुखहरू सहभागी छन्।
  • देशभर र विदेशस्थित नेपाली नियोगहरूमा कार्यक्रम हुनेछन्, मुख्य समारोह टुँडिखेल, काठमाडौंमा आयोजना गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ६ देखि ८ गतेसम्म तीन दिन भव्य रूपमा मनाउने निर्णय गरेको छ। २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्रीकै नेतृत्वमा 'मूल समारोह समिति' गठन गरेको छ। समितिमा मन्त्रीहरू, काठमाडौँ उपत्यकाका मेयरहरू, सुरक्षा निकायका प्रमुखहरू र मुख्य सचिव सदस्य रहेका छन्। गृह सचिवलाई समितिको सदस्य सचिव तोकिएको छ।

निर्णयअनुसार नेपालभर र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा विभिन्न कार्यक्रम गरिनेछ। मुख्य समारोह भने काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुनेछ। सरकारी स्तरबाट प्रजातन्त्र दिवसलाई यति विशेष महत्व दिएर तीन दिनसम्म मनाउन लागिएको यो सम्भवतः पहिलो पटक हो।

यो समाचारमा

सिंहदरवारसुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...