बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।
बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको
डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।
मृतकमध्ये
बित्थडचिर गाउपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।
त्यस्तै डडेलधुरा अस्पतालमा उपचारका क्रममा
बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी,
केदारस्यु गाउपालिकाका वडा नम्बर ७ का २७ वर्षीय केशवराज भट्ट र
पुर्चौडी नगरपालिका वडा नम्बर ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको पनि दुर्घटनामा मृत्यु भएको छ।