संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार ०८:१९

28
Share
Featured

काठमाडौँ

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् ।

बुधबार मधेश प्रदेश सभाको ८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे ।

उनले संघीयता भनेको सिंहदरवारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधिहरु मार्फत आफ्ना लागि आफै कानुन बनाउनु रहेको प्रदेश प्रमुख लाभको भनाई थियो ।

प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेर्तत्वदायी भूमिका प्रशंसनिय रहेको उल्लेख गरे । प्रदेशको नामाकरण र राजधानी चयनमा मधेश प्रदेश सभाले देखाएको सुझबुझ र सहमती राजनितिक परिपक्कताको उदाहरण रहेको उनले बताए ।

प्रदेश प्रमुख लाभले प्रदेश सभा कानुन मात्र बनाउने स्थलको रुपमा नभई जनताको समस्याहरुको सामाधान गर्ने केन्द्रको रुपमा चिनिनु पर्नेमा जोड दिए । उनले समृद्ध मधेश निर्माणका लागि सम्पूर्ण दलहरुलाई जनताले विकास गर्नका निम्ति मात्र प्रदेश सभामा पठाएको बुझ्नु पर्ने बताए । मधेश प्रदेशको स्वाभीमान उच्च राख्दै सम्पूर्ण प्रदेशवासी र जनप्रतिनिधिहरुले प्रदेशलाई आर्थिक रुपमा समृद्ध र सामाजिक रुपमा समावेशी बनाउन लाग्नु पर्नेमा प्रदेश प्रमुख लाभले जोड दिए ।

आठौ वार्षिकोत्सव समारोहमा मधेश प्रदेशका सांसद राम सरोज यादवलाई उत्कृष्ठ सांसदको रुपमा सम्मान गरिएको थियो ।

यो समाचारमा

सिंहदरवारमधेश प्रदेशसुरेन्द्र लाभ कर्णकाठमाडौँ

ट्यागहरू

#मधेश प्रदेश#संघीयता अधिकार#प्रदेश सभा कानुन#सुरेन्द्र लाभ कर्ण#८ औं वार्षिकोत्सव#सिंहदरबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका उनले त्यहाँ आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाको सत्तारुढ दल जनता विमुक्ति

    sajilo patrika

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    भर्खरै

    News Image

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    News Image

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    News Image

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    News Image

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू