नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

25
Share
Featured
  • एक्सट्रिम इनर्जी ड्रिंक्स र क्यानको सहकार्यमा नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरियो।
  • यस साझेदारीले महिला क्रिकेटको दीर्घकालीन विकास, खेलाडीको मनोबल र व्यावसायिकता बढाउने अपेक्षा गरिएको छ।
  • एक्सट्रिम इनर्जी ड्रिंक्सले आईसीसी मेन्स टी–२० विश्वकपमा २,००० थान नेपाली जर्सी निःशुल्क वितरण गर्ने घोषणा गर्‍यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो ।

साथै उक्त कार्यक्रममा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जर्सी प्रायोजनमार्फत खेलाडीहरुलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ । यस सहकार्यले राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

त्यसैगरि राष्ट्रिय खेलकुद परिषद्का महासचिव राम चरित्र मेहेताले निजी क्षेत्रबाट प्राप्त जस्तो सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा गहत्वपूर्ण योगदान पुग्ने बताएका छन् । साथै, सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने विश्वास व्यक्त गरिएको छ ।

यसै क्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले आईसीसी मेन्स टी-२० विश्वकप क्रिकेटका खेलहरू हेर्न स्टेडियम पुग्ने समर्थकहरूका लागि २,००० थान नेपाली क्रिकेट टोलीको जर्सी वानखडे स्टेडियममा निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...