जापान भ्रमणमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि सम्बन्धी छलफल

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

23
Share
Featured

काठमाडौँ

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपतिको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिदैँ उनले भ्रमणका क्रममा दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटन जस्ता क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भयो ।’

यस्तै, उनले भ्रमणमा राष्ट्रपतिले नेपालको प्राथमिकताको क्षेत्रहरुमा जापानी लगानी आकर्षित गर्ने र दुई पक्षिय व्यापार एंव पर्यटन विस्तार गर्ने ठूलो सम्भावना रहेको बताउदैँ जापानमा बसोबास गरिरहेको नेपालीहरुको यस क्षेत्रमा महत्वपूर्ण भूमिका रहने उल्लेख गरेको समेत बताए ।

राष्ट्रपतिले नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्वक सम्बन्ध रहेकामा खुसी व्यक्त गरेको पनि उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँजापानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...