कहिलेदेखि बजारमा आउला २०८३ सालको पात्रो?

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

85
Share
Featured
  • विसं २०८३ को पात्रो आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ।
  • यस वर्ष १८ वटा पुराना पात्रोलाई प्रकाशनको स्वीकृति दिइएको छ।
  • कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ हुँदा स्वीकृति प्रक्रिया करिब १० दिन ढिलो भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा ल्याउने भएको छ। विज्ञहरू, धर्मशास्त्रविद् र ज्योतिषहरूसँगको घनिभूत छलफलपछि समितिले १८ वटा पुराना पात्रोहरूलाई प्रकाशनको स्वीकृति दिने निर्णय गरेको हो।

यसअघि १४ वटा पात्रो प्रकाशन हुँदै आएकोमा गत वर्षदेखि १८ वटा पुगेका छन्।

कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ भएका कारण यस वर्ष पात्रो प्रकाशनको स्वीकृति दिन करिब १० दिन ढिलो भएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए। समितिले पात्रो, भित्तेपात्रो र चाडबाडको तिथिमिति नियमन गर्ने जिम्मेवारी सम्हाल्दै आएको छ।

यो समाचारमा

काठमाडौँनेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...